भुटाहा,। नेपाली काँग्रेस हरिनगर-१ का वडा अध्यक्ष पदका उम्मेदवार अब्दुल लतिफ अन्सारीले केही दिन देखी सुरु गरेको घरदैलो अभियानमा जनताहरुको सबै समस्याहरू टिपोट गर्दै भोट माग्ने गरिएका छन् ।
उक्त समस्याहरु समाधान गर्ने प्रतिवद्धता गर्ने उम्मेदवार अन्सारीले स्मार्ट २४ न्यूजलाई बताएका छन् ।
वडाको वातावरणीय अवस्था भौगोलिक समस्या पूर्वाधार निकासका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेपाली काँग्रेसबाट हरिनगर-१ का लागि वडाध्यक्षका उम्मेदवार अन्सारी देखि वडा सदस्यहरूसम्म घरदैलो अभियानमा जनताको समस्या टिपोट गर्ने गरेको बताएका छन् ।
वडावासीको आयआर्जनमा सहज बनाउने र घरदैलो अभियानको क्रममा जहाँ समस्या त्यहाँ समाधान लगायतका एजेण्डा सहित आफ्ना सहयोगी सहित घरदैलो अभियानमा रहेका छन ।
घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोट गरि सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात सोही विषयमा समस्या समाधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारी राखेका हुन ।
वडाको समग्र बिकास र समृद नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य ,कृषि तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई रहेका समस्याहरू समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार अन्सारी मतदाताको घरघरमा पुगिरहेका छन ।
स्थानीय निर्वाचनको मिती नजिकिँदै गर्दा हरिनगरमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरूले आ-आफ्नो एजेण्डाहरू बोकेर घरदैलो अभियानलाई तिव्रता दिदै आएका छन ।
यसैबीच नेपाली काँग्रेस हरिनगरले पनि स्थानीय निर्वाचनमा जित हासिल गर्न यतिबेला चुनावी एजेण्डा सहित जनताको घरदैलो अभियानलाई तिव्रता दिदै आएका छन् ।