भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसको मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस हरिनगरले प्रचार प्रसारको लागि हरिनगरमा मोटरसाईक र्याली निकालेर शक्ति प्रदर्शन गर्दै हरिनगर गाउँपालिको ७ वटै वडा परिक्रम गरिएको हो।
बृहत र्याली तथा शक्ति प्रदर्शनमा हरिनगर गाउँपालिकाको ७ वटै वडाबाट पाँच हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुले मोटरसाईकल, सना गाडीहरु सहित सहभागी भएको हरिनगर काँग्रेसले जनाएका छन् ।
र्याली भुटाहा हुँदै, गौतमपुर, हरिनगरा, वसन्तपुर, घुस्की, शिशुवा परिक्रम गरि पुनः भुटाहा आएर कोणसभ कार्यक्रममा परिनत भएका थिए।
र्यालीमा हरिनगर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गफार अन्सारी, उपाध्यक्ष पदका उम्मेदवार रिमझिम कुमारी भगत, वडा अध्यक्षहरु वडा १ का अब्दुल लतिफ अन्सारी २ का सलामुद्दी अन्सारी ३ का अरविन्द मेहता ४ का राजेश पाल ५ का सिगमलाल यादव ६ तैयव अन्सारी र ७ का अबुल अन्सारी लगायत वडा सदस्यहरुसहित उम्मेदवारहरुलाई विजय गराउन नेपाली काँग्रेस हरिनगरले मोटरसाईकल र्याली तथा शक्ति प्रदर्शन गरिएका छन् ।
हरिनगरमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन नेपाली काँग्रेसका पालिका सभापति, वडामा वडा सभापति, जिल्ला सदस्य, स्थानीय नेता तथा कार्यकर्ता, भातृ संगठनसहितको मोटरसाईकल र्यालीमा सहभागी रहेका थिए।