हृदयघात र क्यान्सरसँग लड्ने क्षमता विकास गर्ने फलफूल, जानकारीको लागि सेयर गरौं हैं
सिताफललाई आटि फल पनि भन्ने गरिन्छ । सिताफलमा पाईने भिटामिन तथा खनिज पदार्थले मानिसमा धेरै किसिमको रोग प्रतिरोधात्मक क्षमाताको विकास हुन्छ ।
यसले हृदयघात र क्यान्सर जस्ता ठुलो रोगहरु सित लड्ने क्षमाताको विकास गर्ने काम गर्छ । यसको नियमित सेवनले रक्तचाप को नियन्त्रणमा काम गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तत्व तथा फलाम तत्व प्रकृतिक रुपबाट पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम धेरै मात्रामा पाईने गर्छ ।
म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पनिको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखीमा कमि र नियन्त्रण ल्याउने काम गर्दछ । यसको नपाकेको फलबाट ट्यानिन जस्तो तत्व उत्पादन गर्छ । जसको धुलो बनाएर खादा झाडापखाला लागेको बेलामा प्रयोग गर्न सकिन्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने जुका नियन्त्रण हुनसक्छ ।सीताफल प्रसोधन गरेर निकालेको तत्वले रगतमा रहेको ग्लुकोजको स्तर नियन्त्रण गर्ने काम गर्छ ।
यसको सेवनले लिपिड, प्लाज्मको इन्सुलिन बढाउने काम गर्छ । यसको एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्याउँछ । यस प्रकारको फल सेवन गर्दा निकै फाइदा पुर्याउने देखिन्छ । यसमा पाईने तत्वले शरीरलाई निकै फाइदा दिने गर्छ
र यो पनि, जाडोमा स्वस्थ रहन अपनाउनुस् यी उपाय
बिस्तारै जाडो बढ्ने क्रममा छ। जाडोमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यसैले यो वेला स्वस्थ रहन सबैले सावधानी अपनाउनु पर्छ। केही प्राकृतिक विधि छन्, जसले हामीलाई न्यानो राख्छ र रोगसँग लड्ने क्षमता पनि बढाउँछ।
जाडोमा नुहाउनका लागि मनतातो पानीको व्यवस्था गर्नुपर्छ। त्यसमा थोरै नुन, तुलसीको पात राखेर नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढ्छ।
नुहाइसकेपछि शरीरको मालिस गर्ने गर्नुपर्छ। मालिस प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेलले मालिस गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसञ्चार पनि सन्तुलित राख्छ।
जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने उपयुक्त तरिका हो। हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। यस्तै पर्याप्त निद्रा पनि स्वास्थ्यका लागि आवश्यक छ।
खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्छ। जीरा, बेसार, मेथी, अदुवा र मरिच जस्ता मसला दैनिक आहारमा समावेश गर्न सकिन्छ। यी मसलाको सही उपयोगले रुघाखोकी ज्वरो आदिबाट बचाउँछ।
चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ। त्यसैले यस मौसमका वेला चिसो खाद्य पदार्थ र पेय पदार्थ सेवन नगर्नुस्।
जाडोमा अश्वगन्धा, अमला, तुलसी, त्रिफला कागतीजस्ता जडिबुटी सेवन गर्नु लाभदायक हुन्छ। यी जडिबुटीलाई चियाका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यी जडिबुटीले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छन्।