नसीम अन्सारी
भुटाहा,। चीनको उहानबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी माहामारीका रुपमा रहेको नोभल कोरोना भाइरसको सचेतनाका लागि नेपाल भारत सिमास्थित देवानगंज गाउँपालिका ३ कप्तानगज छोटी भन्सार कार्यालय अगाडिमा स्वास्थ्य हेल्थ डेस्क राखिएको छ ।
देवानगंज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले विशेष कार्यक्रमका विच सो हेल्थ डेस्कको समुदघाटन गर्नुभयो ।
नजिक्कैको भारतीय बजार फुलकाहा दैनिक १ हजार भन्दा वढी मानिसहरु नेपाल भारत वारीपारी गर्ने गरेको देवानगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताउँनुभयो ।
नेपाल भारत सिमासँगै रहेको कप्तानगंज छोटी भन्सार अगाडि राखिएको सो स्वास्थ्य हेल्थ क्याम्पमा चेकजाँचमा रहनुभएका शसस्त्र तथा जनपद प्रहरीको टोलीले शंका लागेका नागरिकलाई हेल्थ डेक्समा पठाउने र त्यहा रहनुभएका स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरि शंका लागेमा तुरुन्त एम्बुलेन्समा राखि कोशी हस्पिटल विराटनगर , विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा भर्ना गरिने न्यौपानेले बताउँनुभयो ।
यसैविच नेपालबाट भारततर्फ जाने भारतबाट नेपालतर्फ आउने नागरिकलाई फेस माक्स दिने तथा स्वास्थ्यका लागि स्वास्थ्य हेल्थ डेक्स राखेर चेकजाँच गरिने वडा नम्बर ३ वडा अध्यक्ष मजलुम मियाँले बताउँनुभयो ।
यो हेल्थ डेक्सको स्थापनाले कोरोना सचेतनाको साथमा सम्भावित दुर्घटनालाई रोक्ने प्रमुख प्रसाककिय अधिकृत न्यौपानेले बताउँनुभयो ।