स्मार्ट २४ न्यूज
काठमाडौं,। चीनको वुहान शहरबाट देखा परेको कोरोना भाईरस संक्रमण पछिल्लो समय विश्व भरि महावीरको रुपमा फैलिएका छन् ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बुधवार ८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार विश्वभर बुधवारसम्म ८ हजार ९२ जनाको ज्यान गएको छ।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण विश्वका १७० देशमा फैलिएको छ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस ९कोभिड–१९० रोकथामको सन्दर्भमा उच्च सतर्कता अपनाइने मुस्लिम आयोगले मदरसाहरुलाई विदा गर्ने आग्रह गरेको छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुस्लिम आयोगको कार्यालय जावलाखेलमा बसेको बैठकले रोगको रोकथाम र नियन्त्रणका लागी बिभिन्न रणनीतिहरु बनाएको छ ।
बैठकमा कश्मीरी जामा मस्जिदका अध्यक्ष, नेपाली जामा मस्जिदका धर्मगुरु, सुन्धरा मस्जिदका अध्यक्ष एवं बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु लगायत मुस्लिम धर्मगुरु,मुस्लिम अगुवाहरु कोरोनो भाइरस संक्रमणबाट बच्न सबैलाई सतर्कता अपनाउन भनेको छ।
बैठकमा धर्मगुरुहरु तथा आयोगका अध्यक्षले सार्वजनिक स्थलमा भीड़ नगर्ने,विदेश यात्रा स्थगित गर्ने,मस्जिद,मजारहरुमा भीड़भाड़ नगर्न,जल्सा, इजेम्ता नगर्न, जुम्मा नमाजमा सकेसम्म घरमा नै वजू गरेर,सुन्नत नमाज पढेर मस्जिद आउने र नमाज पढेर मस्जिद भित्र बाहिर वा वरिपरि भीड़ नगर्नका लागि समेत अनुरोध गर्नुभएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै मदरसाहरु समेत बन्द गर्न मुस्लिम आयोगले आग्रह गरेको छ ।