स्मार्ट २४ न्यूज
काठमाडौं,। नेपालमा कारोना भाइरस संक्रमित थप एक युवती फेला परेका छन् । अहिले सम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ ।
बागलुङकी २२ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित युवती युरोपेली मुलुक बेल्जियमबाट नेपाल फर्किएकी थिईन।
युवतीमा भाइरस संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको हो। युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी हुन् ।
यहीँ विमानबाट कोरोना भाइरस संक्रमित १९ बर्षीया युवती पनि फ्रान्सबाट नेपाल फर्किएकी थिइन। कतार एयरवेजको उक्त विमानबाट नेपाल आएका १ सय ५८ यात्रुको खोजी थालिएपछि बागलुङकी एक थप किशोरीमा भाइरस संक्रमित फेला परेको हो ।
अहिले उनी बागलुङ नगरपालिकास्थित आफ्नै घरमा नै रहेकी छिन् । उनलाई सुरक्षितरुपमा काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म भेटिएका पाँच संक्रमित मध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।