अकवर अलि
दुहबी,। सुनसरीको दुहवी नगरापलिकाबाट कोरोनाको असंखामा बुधबार ३ जनालाई क्वारेन्टाईन पठाएको छ ।
केहि दिन अगाडि छिमेकि मुलुक भारतको सिपोलबाट सत्यनारायाण शाह आएको थियो उक्त्त व्यक्तिलाई सुनसरीको हरिनगर गाउँपालिका भुटाहा जेनरल हस्पिटलको क्वारेन्टाईनमा पठाएको छ।
त्यसगरि रामदेव यादबको घरमा भाडा लिई बस्दै आएको हुनाले रामदेव यादब र राम कुमारी यादबलाई पनि मोरङ्गको टांडीको क्वारेन्टाईनमा पठाएको दुहवी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उचित नारायण शाहले बताए।
हाल दुहवीमा क्वारेन्टाईनको सम्पुर्ण तयारी भएता पनि क्वारेन्टाईनमा सुरक्षा र डाक्टर अभावले अन्यत्र पठाउनु परेको दुहबी स्वास्थ साखाले जानकारी दिएको हो।