स्मार्ट २४ न्यूज
सुनसरी,। उदयपुरको भूल्केमा एक महिलामा थप कोरोना पोजेटिभ पुष्टि भएको मुख्यमन्त्रीको कार्यालयलले जनाएको छ ।
प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आज मात्र तनि जनाको रिर्पोटमा कोरोना पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ महिला, कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा आजै कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ ।
