स्मार्ट २४ न्यूज
जनकपुर,। महोत्तरी बस्ने, हाल जनकपुरमा मेडिकल सञ्चालन गर्दै एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् ।
प्रहरीका अनुसार उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् । संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ ।
यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् । उनीहरु दुबैमा मंगलवार कोरोना पुष्टि भएको थियो ।