स्मार्ट २४ न्यूज
काठमाडौं,। आज नेपालमा थप ९ जना कोरोना सङ्क्रमित थपिएका छन्। सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप ९ सङ्क्रमण पुष्टि गरेको हो ।
पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४,५ र तुलसीपुर ७ निवासी २३,३६ र ३४ वर्षीय पुरुष, काठमाडौँ सतुङगल निवासी ७ वर्षीय बालक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
