स्मार्ट २४ न्यूज
काठमाडौं,। नेपालमा शनिबार विहान थप ३२ जनामा कारोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या ५४८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरूषहरू र २७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै काठमाडौंमा नै गरिएको परीक्षण गरिएको सर्लाही गोडैता, काविलासी नगरपालिकाका १८, २०, २०, २०, २१,२२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरूषहरूमा र बरा, करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना भेटिएको हो ।
साथै काठमाडौंका ३५ वर्षीय पुरूषमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
प्रदेशिक जनस्वास्थ्य प्रयोशाला , भैरहवमा गरिएको परीक्षणमा रूपन्देही गैडहवा र रोहिणी गाउँपालीकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ जना पुरूषहरूमा कोरोना पोजेटिभ भेटिएको हो ।
त्यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवन(६ का ५२ वर्षीय पुरूषमा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ ।