स्मार्ट २४ न्यूज
काठमाडौ,। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ दुई सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २ दुई सय १२ पुगेको जनाए ।
संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।