स्मार्ट २४ न्यूज , आइतबार ६ पुष २०७६ मा प्रकाशित
काठमाडौं :- सरकारले ७२ प्रकारका औषधि निशुल्क उपलव्ध हुने बताएको छ । तर, सर्वसाधारणले निशुल्क भनिएका औषधि खरिद गर्नुपरेको गुनासो गर्ने गरेका छन् ।
सिटामोल, आइरन चक्की, याजिथ्रोम्याक्सिन जस्ता औषधि सरकारी फार्मेसीमै नभएको जिल्ला अस्पतालहरुले जनाएका छन् । एकातिर निशुल्क औषधिमा सरकारको बार्षिक २ अर्ब खर्च हुँदै आएको छ तर नागरिकले नपाउँदा निशुल्क औषधि कहाँ जान्छ भन्ने प्रश्न उठेको छ ।