मोरङ,। विराटनगरको कोशी अस्पतालमा कोरोनाको उपचार भइरहेको आइसोलेसन कक्षमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ५ का स्थानीय ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए ।
अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा।चुमनलाल दासले जानकारी दिएका छन् । बिरामीको शरीरमा अक्सिनको मात्रासमेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।