नसीम अन्सारी भुटाहा,। सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको उमर जुलेखा स्मृति प्रतिष्ठान देवानगञ्जको आयोजना र लाईन्स क्लब अफ विराटनगरकको सहयोगमा देवानगञ्जमा सेनिटाइज गरेको छ।
लामो समय अगाडिदेखि देवानगञ्जमा रहेर सामाजिक काममा सक्रिय रहेको उमर जुलेखा स्मृति प्रतिष्ठानले बुधबार देवानगञ्जका मुख्य बजारको सबै पसल, वडा कार्यालय , मन्दिर लगायत विभिन्न क्षेत्रमा सेनिटाइज गरेको छ ।
देवानगञ्जका स्थानीय युवा तथा समाजसेवी फाहाद अन्सारीका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपनि सरकारको ध्यान नगएकाले आँफूहरुले संक्रमित एरिया तथा अन्य संवेदनशील क्षेत्रमा सेनिटाइज गरिएको हो ।
अहिले कोभिड १९ ले विश्व नै आक्रान्त भईरहेको अवस्था रहेकाले देवानगञ्ज पनि यसबाट अछुतो नरहेकाले आँफूहरुले सेनिटाइज गरेको अन्सारीले बताए ।
देवानगञ्ज बजारका पसल सार्वजनिक स्थलहरु औषधी पसल, इलाका प्रहरी कार्यालय,पेट्रोल पम्प, प्रत्येक संक्रमितका घर वरिपरी सेनिटाइज गरिएको उनले बताए ।
देवानगञ्जमा भेला भएका युवाहरुले पीपीई लगाएर संवेदनशील क्षेत्रमा दुई दिन बुधबार र बिहीबार सेनिटाइज गर्ने अन्सारीले जानकारी दिएको हो।
उपस्थित युवाहरुले सरकारको भर नपरौँ, आफैँ सचेत बनौँ, सबैले आफ्नो जिम्मेवारी बुझौँ, महामारीबाट बचौँ लगायतका सन्देश सम्प्रेषण गरिएको थियो ।