मोरङ,। मोरङको ग्रामथान गाउँपालिले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरुलाई एक विशेष कार्यक्रमका वीच सम्मान गरिएको छ ।
तोकिएको जिम्मेवारी वहनका साथ कार्यक्षेत्रमा खटिएर स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका ११ जना सम्मानित भएका हुन् ।
ग्रामथान गाउँपालिले कार्य मूल्याङकनका आधारमा लखन्तरी स्वस्थ्य चौकीमा कार्यरत सबरुन नेसा सहित ११ जनालाई सम्मान गरेको हो ।
लखन्तरी स्वस्थ्य चौकीको सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेकोमा हे.ई तर्फ उत्कृष्ठ ठहर गर्दैै नेसालाई सम्मान गरेको हो ।
त्यसैगरी ग्रामथान गाउँपालिका मातहतबाट सेवा प्रवाहको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ठ स्वास्थ्योपचार सेवा पुर्याउने प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई समेत सम्मान गरेको छ ।
सेवा प्रवाह मूल्याङकनका आधारमा गाउँपालिकामा पहिलो हुने स्वास्थ्य चौकी लखन्तरी, दोस्रो हुने स्वास्थ्य चौकी तेतरिय,तेस्रो हुने स्वास्थ्य चौकी मोतिपुरलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अथिति १ नम्बर प्रदेशका वन तथा वातावरण राज्य मन्त्री विजय कुमार विश्वास, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र स्वास्थ्य शाखा प्रमुख लगायतले दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभएको थियोे ।
सम्मानित भएपछि स्मार्ट २४ न्यूजसँग कुराकानी गर्दै स्वस्थ्य चौकी लखन्तरीका एच।ए सबरुन नेसाले आफूहरुलाई अझै काम गर्ने हौसला मिलेको बताउनुभयो ।
पूर्ण खोप अभियानका साथसाथै स्वास्थ्यका अन्य अभियान पनि सम्पन्न भएका र ग्रामथान गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी अभियानका लागि आफूहरु लागिपर्ने उहाँले बताउनुभयो ।
नोट: Smart24news मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई newssmart24@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।