नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान सोमबारबाट हरिनगरमा सुरु भएको छ
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले सञ्चालन गर्दै आएको दोस्रो चरणको अभियानमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, निजामती कर्मचारी, न्याय सेवाका कर्मचारी, नेपाल प्रहरी, बैंकका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिए ।
हरिनगरमा कोरोना भाइरसविरुद्धको खोप अभियान दुई चलने गाउँपालिकाले जनाएको छ। हरिनगर गाउँपालिकास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले खोप दिन लागेको हो ।
मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकालाई पनि यसै चरणमा खोप उपलब्ध गराइनेछ । दोस्रो चरणमा २ सय डोज खोप हरिनगर गाउँपालिकालाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । सरकारले १४ माघबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।