इनरुवा,। कोभिड १९ खोप लगाएपछि सेलभित्र लिपिडको घेराबन्दी तोडेर भाइरसको टुक्रा सेलको साइटोप्लाज्मामा देखापर्छ,’ डा.पाण्डेले भने,‘यसपछि मानव शरीरभित्रको इम्युन सिस्टममा फैलिन्छ र शरीरभित्र घुलमिल हुने क्रममा शरीरभित्रका तत्वहरू सक्रिय हुँदा कुनै व्यक्तिमा ज्वरो आउने र शरीर दुख्ने जस्ता लक्षण देखिन्छ।’
त्यसैगरी, शरिरको रोग प्रतिरोधात्मक शक्तिले एन्टिजेनसँग रेस्पोन्स गरेको खण्डमा ज्वरो आउने डा. बाँस्तोला बताउँछन्।
‘कुनै व्यक्तिमा खोप लगाएसकेपछि अन्य ब्याक्टेरिया शरीरमा छिरेको अवस्थामा पनि ज्वरो आउँछ,’ डा. बाँस्तोला भन्छन्, ‘कुनै व्यक्तिमा खोप लगाएपछि ज्वरो ल्याउने तत्व हुन्छ। त्यसका कारणले पनि समान्य समस्या देखिन सक्छ।’
टेकु अस्पतालकमा अनुसार पहिलो दिन खोप लगाएका २९ स्वास्थ्यकर्मी मध्ये २३ जनामा कुनै न कुनै लक्षण देखिएको थियो।
केहीलाई ज्वरो आउने, टाउको दुख्ने, चिलाउने, खोप लगाएको ठाउँमा रातो हुने र बान्ता हुनेलगायत लक्षण देखिएका थियो।
उनले खोप लगाएका ६ जनामा एउटा मात्र लक्षण, ६ जनामा दुई, तीनजनामा तीन, एकजनामा चार, दुईजनामा पाँच, चारजनामा ६ र एकजनामा आठ वटासम्म लक्षण देखिएको बताए। खोप लगाएका आइसियु वार्ड, इमर्जेन्सीमा काम गर्ने २९ जनासँगको सोध्दा यो तथ्य पाइएको डा। बाँस्तोलाले जनाएका छन्।
तर, यस्ता लक्षण कुनै उपचारबिना र सामान्य औषधिको प्रयोगले नै ठिक भएको उनी बताउँछन्।