नसीम अन्सारी
हरिनगर / सुनसरीको दक्षिणी क्षेत्रमा मौसम परिवर्तन भएसँगै हरिनगर गाउँपालिकामा रहेका सातवटै स्वास्थ्यचौकीमा रुघाखोकी र दमका बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा मौसम परिवर्तन भएपछि बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । गाउँपालिका ६ र ७ साविक घुस्कीमा यतिबेला रुघाखोकी तथा दमका बिरामीको सङ्ख्या बढेको छ ।
घुस्कीमा यतिबेला बच्चाहरुमा रुघाखोकी र जेष्ठ नागरिकहरुमा दमका बिरामी बढनथालेको छ। घुस्की स्वास्थ्य चौकीका प्रमुख रानी खातुनको अनुसार गाउँघरमा चिसो बढेपछि बच्चाका आमाहरुले चिसो पानीले घरेलु काम काजमा प्रयोग गरिरहेको हुन्छ । त्यहीँ बेला बच्चालाई स्थनपान गराउदा बच्चाहरुलाई रुघाखोकी लागने गरेको तथा जेष्ठ नागरिकहरुले दाउरा, फराल बालेर आगो तापने क्रममा धुवाँ, धुलोको कारण दमका बिरामी बढेको खातुनले बताए ।

अरुबेला दैनिक १० देखि २५ जना सम्म स्वास्थ्य चौकीमा उपचार गराउन आउथियो भन्ने अहिले स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ६० जनासम्म बिरामी उपचारका लागि आउने गरेको प्रमुख खातुनले जानकारी दिनुभयो ।
स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रुघाखोकी सरुवा रोग हो,घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेपछि अरुलाई फैलिन सक्छ ।”
प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा खासै बिरामी बढेको छैन तर पहिलाको तुलनामा केही बढको छ। प्राथमिक स्वास्थ्य केन्द्र हरिनगराका प्रमुख माधवलाल देवले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले हरिनगर गाउँपालिका स्वास्थ्य शाखाले औषधि ल्याएर विरतण गरिएको देवले जानकारी दिनुभयो ।