काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् ।
खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन्। कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताइन् ।
उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ। मित्रराष्ट्र बंगलादेशको भ्रमण गर्नुपर्ने भयो। खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’