इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा कोरोनाबाट थप १ जना पुरुषको मृत्यु भएको छ।
कोरोनाको दोस्रो लहरमा संक्रमण पुष्टी भएपछि बिरामी भई उपचारका क्रममा आज सम्ममा इनरुवामा १२ जना स्थानियको मृत्यु भएको छ ।
कोभिड १९ कोरोना भाइरसको युके भेरियन्ट सक्रमणका कारणका ४ सय ३ जनामा कोरोना सक्रमित पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङक अनुसार इनरुवा नगरक्षेत्रमा दोस्रो लहरबाट २ सय ८३ जनामा कोरोना सक्रमण पुष्टी भएको छ ।
इनरुवा नगरपालिका स्वास्थ्य शाखाले एक सातादेखी स्वाव लिएर गरेको पिसिआर परिक्षणबाट १ सय २० जनामा कोरोना सक्रमण पुष्टी भएको छ ।
कोरोना सक्रमित भएका सवैजना आफनै घरमा होम आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन भने स्वास्थयमा समस्या भएका एक सय जना भन्दा बढी धरान र विराटनगरका निजी तथा सरकारी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन ।
इनरुवा नगरपालिकाको ३ नं वडा, १ नं वडा र ५ नं वडामा सक्रमितहरुको सख्याँ अधिक रहेको छ । ६३ हजार ५ सय ९१ जना जनसख्याँ रहेको इनरुवा नगरपालिकामा हालसम्म सरकारी र निजी क्षेत्रबाट सक्रमितलाई राख्नका लागी एउटा पनि आइसोलेशन निमार्ण गरि संचालनमा ल्याइएको छैन ।
इनरुवामा रहेको इनरुवा अस्पतालमा २० वेडको अक्सीजनसहित कोभिड १९ अस्पताल बनाउनका लागी इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय सुनसरीको तयारी भएपनि आवश्यक स्वास्थ्य औजारहरु नहुदा संचालनमा आउन सकेको छैन ।
कोभिड अस्पताल संचालनका लागी इनरुवा अस्पतालले इमेरजेन्सी सेवा रहेको भवनमा बेडहरु राखेर तयार पारेपनि अन्य सामग्रीहरु नहुदाँ कोरोना सक्रमित विराटनगरमा रहेको कोभिड अस्पताल धाउन बाध्य भएका छन ।
इनरुवामा कोरोना परिक्षणका लागी पिसीआर परिक्षण गर्ने ल्वाव र एन्टीजेन किटको व्यवश्था नहुदा निम्न आर्थिक अवश्था भएको सयौ स्थानिय कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि खुल्ला रुपमा हिडडुल गर्न बाध्य भएका छन ।