काठमाडौं,। नेपालका कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढ्न थालेको छ । देशभर निरन्तर कोरोना संक्रमण बढिरहेको अवस्थामा बुधबार संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ७ सय १४ जना नयाँ संक्रमित थपिएका छन्, भने ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि पहिलो पटक आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेहरुको संख्या बढी देखिएको हो ।
आज देशभर १९ हजार ३ सय ५२ जनाको आरटी पीसीआर,एन्टिजेन परीक्षण गर्दा ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । साथै, कोरोना संक्रमणका कारण आज १ सय १४५ जनाको मृत्यु भएको छ ।