काठमाडौं,। पछिल्लो २४ घण्टामा सोमबार देशभरमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ९ जना र ४ हजार ९ सय ९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको छ ।
कोरोना भाइरस ९कोभिड-१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ५३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६ सय ४० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ९ हजार ६२८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।