सुनसरी,। नेपालमा दिनानुदिन कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच सुनसरी सहित नेपालमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको संख्या १४ पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सुनसरी, मोरङ, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् ।
त्यस्तै दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८ जना, ललितपुरमा ६ हजार ६१२ जना र भक्तपुरमा तीन हजार ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।