भारती समाचार एजेन्सी
झारखण्ड,। भारतको झारखण्ड प्रदेशको राजधानी राँचीमा रहेको इलाका प्रहरी कार्यालयमा (सदर पुलिस थानामा) शनिबार एउटा निकै अचम्मको घटना घटेको छ । श्रीमती र प्रेमिकाले एक श्रीमानलाई आफूसँग बस्नका लागि आपसी सहमतिमा बाँडफाँट गरेका छन् । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । श्रीमती र प्रेमिकाले श्रीमानलाई एक दिनको बिद पनि दिएका छन् ।
शनिबार ती व्यक्तिका प्रेमिकाले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै पुलिसथानामा उजुरी दिइन् । श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा भारती प्रहरी पनि तनावमा परेको भारतीय संचार माध्यमले बताएको छ ।
प्रहरीले श्रीमान राजेश कुमारलाई थानामा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको भारती संचार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।
प्रहरीको उपस्थितीमा सम्झौता भएको हो।
प्रहरीको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताएको छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई बिदा दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन्