अनसार अन्सारी दोहा कतार,। कतारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको छ। कतारमा क्याम्पभित्रै सर्वसाधारणलाई निगरानीमा राखिएको छ ।
कतारको आन्तरिक मन्त्रालयले एक जागरण पोस्टर सार्वजनिक गर्दै सर्वसाधारणलाई हालको अवस्थामा जमघट तथा भेला नहुन आग्रह गरेको छ ।

सम्पूर्ण सर्वसाधारणलाई सार्वजनिक क्षेत्र, कर्नेश, क्याफे, समुन्द्री किनारा ,रेस्टुरेन्ट लगायत नमाजको लागि मस्जिद अगाडि वा र कामदारहरुले बसेको घरको छतमा भेला नगर्न मन्त्रालयले जानकारी दिएको छ ।

यो नियमहरुको उलङ्घन गर्नेहरुलाई ३ वर्षभन्दा बढी जेल र बढिमा कतारी रियल दुई लाख सम्म जरिवाना सजाय अथवा दुबै सजाय हुन सक्नेछ।