अनसार अन्सारी
दोहा कतार,। कतारमा मन्त्री परिषदले आयोजना गरेको भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले आज छलफल गर्नुभएको छ ।
छलफलबाट भएका निर्णयहरु भोलि बाट लागू हुने
१.निजी क्षेत्रका ८० प्रतिशत कामदारले घर बाटै काम गर्नुपर्ने ।
२.बाँकीले बिहान ७ देखि दिउँसो १ बजे सम्म मात्र काम गर्न पाउने। (फुड स्टोर,फार्मेसी,रेस्टुरेन्ट,डेलिभरीका कामदार बाहेक)
३. सरसफाई कम्पनी तत्कालका बन्द गरिने ।
४. सवारीले क्षमता भन्दा आधा मात्रै कामदार बोक्ने ।
सैनिक, सुरक्षा गार्ड,कुटनितिक मिसनका कर्मचारी,स्वास्थ्य क्षेत्र,तेल तथा ग्यास,देशको मुख्य परियोजनाका कामदारमा यो नियम लागू नहुने मन्त्रालयले बताएको छ ।