स्मार्ट २४ न्यूज
कराँची,। पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा भएको हो ।
पाकिस्तानी समाचार माध्यमहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।
घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।
पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।