एजेन्सी
नयाँदिल्ली,। भारत र चीन सेनाबीच शान्तिपूर्ण वार्ता चलिरहेका बेला चीन र भारतका सेनाबीच झडप हुँदा २० भारती सैनिक मारिएको छ ।
लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सैनिक मारिएका छन्।
एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा ३ भारतीय सैनिकको मृत्यु भएको बताएको थियो ।
भारतीय न्युज एजेन्सी एएनआईका अनुसार २० जना भारतीय सैनिक मारिएका छन् । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो ।
वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।