केलर,। एयर इंडिया एक्सप्रेसको एक विमान केरलको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । विमान दुबईबाट भारतको लागि उडान भरेको थियो । विमानमा पाइलट सहित १९१ जना यात्रु रहेको थियो ।
यात्रुहरुमा १० जना बच्चा समेत रहेको छ। नागरिक उड्डयन मंत्रालयका अनुसार विमान दुर्घटना राति ७ बजेर ४१ मिनेटमा भएको बताए । मानस्थलमा आवतरण गर्ने बेलामा रनवेबाट बाहिर निकलेपछि दुर्घटना भएको हो। विमान दुर्घटना हुदाँ आगो लागेको छैन । तर विमान दुई टुक्रा भएको छ।
मंत्रालयका अनुसार दुईवटै पाइलटको दुर्घटनामा निधन भएको छ। विमानस्थलमा राहतकार्य जारी रहेको छ। घाइतेहरुको उपचारको लागि अस्पताल लगि रहेको छ। विमान दुर्घटना के कति क्षति भएको छ भन्ने थप विवरण आउन बाकी रहेको उहाँले बताए ।