काठमाडौं,। भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल हुन् ।
दुर्घटनामा दुल्लु नगरपालिका–१३ तोलीपानीका तिलक घर्तीको पनि मृत्यु भएको भीमका भाई वमहेन्द्र रावलले जानकारी दिनुभयो ।
रावलकाअनुसार दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतको मुम्बईमा रोजगारीको लागि गएका रावल नेपाल फर्कदै थिए । उल्ला दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको महेन्द्रले बताए ।