काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न नेपाल फर्किएकी छिन् ।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।