एजेन्सी,। म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा थप चार जनाको मृत्यु भएको छ।
अहिलेसम्म प्रदर्शनहरुमा मारिनेको सङ्ख्या पाँच सय ५० नाघेको जनाइएको। गएको माघ १९ गते सेनाले म्यानमारको सत्ता हातमा लिएको थियो ।
म्यानमारमा लोकतन्त्र पुनर्वाहलीको लागि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत लगायत विश्वका धेरैजसो देशहरुले आव्हान गरिरहेका छन् ।