काठमाडौं,। मलेसियाबाट नेपाल एयरलाइन्समार्फत १२ नेपालीको शव नेपाल ल्याइएको छ । एकैपटक मलेसियामा ज्यान गुमाएका विभिन्न जिल्लाका शव नेपाल ल्याइएको हो ।
आइतबार नेपाल एयरलाइन्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव ल्याइएको छ ।
यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।
रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका १२ नेपालीको शव एकैसाथ ल्याइएको जनाइएको छ । कोरोना संक्रमणका कारण उडान असम्भव हुँदा मलेसियाबाट शव ल्याइएको थिएन ।
आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको शवसमेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए।
गोरखा सिरानचोक–५ का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुॅवरको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आफूले आँशु थाम्न नसकेको टिव्टमार्फत् भनेका छन् ।
उनले भनेका छन्, ‘कस्तो दुःखद अवस्था १ वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो १
तीमध्ये गोरखा सिरानचोक–५ का सूर्य विक २८ बर्ष र गोरखा नपा–१२ का मेघबहादुर कुॅवर २७ बर्ष को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र १’