भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा र्याली तथा साँस्कृतिक कार्यक्रम गरि ११२ औँ अन्तराष्ट्रिय नारी दिवस भव्य रुपमा सम्पन्न भएको छ।
हरिनगर गाउँपालिका अगाडिबाट निकालिएको र्याली विभिन्न ठाउँको परिक्रमा गरि हरिनगरा बजार हुँदै हरिनगरा माविको खेलमैदान पुगेर कार्यक्रममा परिनत भएको थियो ।
लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर हरिनगर गाउँपालिकाको आयोजना तथा साझा सवालका लागि साझा मंच कोकनको सहयोगमा नारी दिवस मनाइएको हो ।
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष गफार अन्सारीको प्रमुख आतिथ्यता र हरिनगर गाउँपालिकाका प्रशासनिक अधिकृत सुजन ढुङ्गेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का उपसभापति शिवहरि श्रेष्ठ, महिला अधिकारकर्मि तथा समाजसेवी सुमित्रा मेहता, स्वयमसेविकाका तर्फबाट सुसिला झा, शिक्षिकाका तर्फबाट निर्माला मेहता र संघ संस्थाको तर्फबाट ममता मेहता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिकले गर्नु भएको थियो ।