नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-६ घुस्कीका आगलागी पिडितहरुलाई गाउँपालिकाले चेक हस्तान्तरण गरेको छ।
आइतबार राति हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीको अरनमामा भएको आगलागीबाट लाखौंको घर, धन माल जलेर नष्ट भएपछि गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको नेतृत्वमा बुधबार आगलागी पिडित परिवारहरुको घरमा पुगि आर्थिक सहयोग गरेका छन्।
हरिनगर गाउँपालिका वडा नं-६ घुस्कीका हसमुद्दिन मियाँ र अकवाल अन्सारीलाई २५-२५ हजारको चेक हस्तान्तरण गरेको हो ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विपत व्यवस्थापन कोषबाट २ जना आगलागी पिडित परिवारहरुलाई चेक हस्तान्तरण गरेको स्मार्ट २४ न्यूजलाई बताउनु भएको हो।
अध्यक्ष अन्सारीले यस अगाडि विभिन्न संघ संस्थाहरुबाट आगलागी पिडित परिवारहरुलाई चाहिने आवश्यक राहत सामग्री उपलब्ध गराए पनि उनीहरुलाई थप आर्थिक सहयोगको लागि चेक हस्तान्तरण गरेको बताउनु भयो ।
अध्यक्ष अन्सारीले आफु दिन रात जनताको दु:ख्य, समस्यामा साथ रहदै आइरहेकोले सक्दो सहयोग गरिरहेको अझै सहयोग गरिरहने बताए।
जनताको मर्म भावनाअनुसार काम गर्दै आएकाले अगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष अन्सारीले भन्नुभयो धेरै सहयोग गर्न नसके पनि गाउँपालिकाबाट २५ हजारको दरले सहयोग गरेको उनले बताए ।
अध्यक्ष अन्सारीले भन्नुभयो आफु कुनै किसिमको भेदभाव नगरीकन यो पार्टीको मान्छे, त्यो पार्टीको मान्छे ,यो जातीय, त्यो जातीय, यो धर्म, त्यो धर्म, यो गाउँपालिकाको जनता, त्यो नगरपालिकाको जनता कहिले नगरीकन जहिले पनि जनताका समस्या र दुःख्यमा आफू सहयोग गरेको छु र सधै गरिरहने छु,’ उनले भने ।
म ३७ वर्ष देखि लगातार जनताको साथमा छु, अगामी दिनमा पनि रहने छु, अहिले राजनीतिमा लागेर पदमा छु, आउने दिनमा पदमा रहे पनि नरहे पनि जनताको सेवामा सधै लागि रहने छु, उहाँले बताउनुभयो ।
आगलागी पिडितहरुलाई चेक हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले विपत परेको बेला गाउँपालिका तादुरुकता देखाएकाले पराल, फुसको समान, गोइठा,लगायतको समान सुरक्षित साथ राख्नुपर्ने उनले बताए आगलागीबाट बच्न सावधानीका उपायहरुमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष अन्सारीको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले, लेखा अधिकृत रन्जित मेहता, वडा नं-६ का वडाअध्यक्ष इस्राइल अन्सारी, ६ नम्बर वडा सदस्य दाउद अन्सारी लगायतको टोलीले घुस्कीका दुवै जना आगलागी पिडितलाई २५ हजारको दरले चेक हस्तान्तरण गरेका छन् ।