नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाको वडा नं. एक र दुई भुटाहामा ३ सय भन्दा बढी जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ।
दुईटै वडाले संयुक्त रुपमा आइतबार हरिनगर गाउँपालिका वडा नं. १ मा अवस्तित रहेको श्री बाल कृष्ण माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी भुटाहाका ३ सय भन्दा बढी जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ ।
एक नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारीले आफ्नो वडामा रहेको जेष्ठ नागरिक , एकल महिला , गरिबवर्गहरुलाई ध्यानमा राखि स्वास्थ्य बिमा गरेको बताए । वडा नम्बर एकबाट १ सय चालीस जनाको वडाबासीको स्वास्थ्य बिमा गरेको उहाँले बताउनु भयो।

२ नम्बर वडा अध्यक्ष हाजि युनुस अन्सारीले वडाबासीको समस्या बुझेर १ सय ६० जना जेष्ठ नागरिक, एकल महिलाहरुको बिमा गरेको यसबाट वार्षीक १ लाखको सेवा पाउने बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ। ओपीडी सेवा,ल्याब,भर्ना,औषधीदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ।
हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगतले गाउँपालिको ७ वटै वडामा एक जना दर्ता सहयोगी छनोट हुन्छ। जो हाम्रो बीमा एजेन्ट र अभिकर्ता पनि हो। ती सहयोगी घरघरमै जान्छन्। तथ्यांक संकलन गरेर बीमामा सर्वसाधरणलाई आवद्ध गराउने काम गर्छन्। त्यही तथ्यांककै आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण हुन्छ। त्यसको केही समयपछि सेवा लिने काम सुरू हुन्छ।
सो कार्यक्रमको प्रमुख अथिति हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगत विशेष अथिति १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारी २ नम्बर वडा अध्यक्ष हाजि युनुस अन्सारी अथितिहरु कार्यपालिका सदस्य तथा दुई नम्बर वडा बिमा अभिकर्ता सुशील ठाकुर, १ नम्बर महिला वडासदस्य रामवती देवी दास, २ नम्बर वडा सचिव हेमन्ता दाहाल , भुटाहा स्वास्थ्य चौकी प्रमुख विमल कुमार मेहता समाजसेवी बुद्धिजीवी संचारकर्मी लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रम १ नम्बर वडाका बिमा अभिकर्ता तथा एलाईन्स नेपालका अध्यक्ष नईम अन्सारीको अध्यक्षतामा भएको थियो ।