नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.४ मा रहेको श्री विपद बचत तथा ऋण सहकारी संस्थाले २० लाख रुपैंया बराबर कारोवार गर्दै १३ लाख ३० हजार ४ सय ४२ रुपैंया बचत संकलन गरेको छ ।
संस्थाको आज भएको ८ औं साधारण सभामा वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामनारायण मेहताले ,आर्थिक वर्ष २०७५र७६ मा संस्थाको आय व्यय १३ लाख ३० हजार ४ सय ४२ रुपैयाँ ३७ पैंसा रहेको र ५९ लाख ५० हजार ४ सय १० रुपैयाँ ४० पैंसाको निक्षेप बचत संकलन भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले शेयर सदस्यहरुले,धेरै संस्थावाट ऋण लिएर जथाभावी खर्च गर्नुभन्दा एउटा संस्था वाट लिएको ऋण उत्पादन मुलक कार्यमा खर्चिनु पर्ने बताए ।
अन्सारीले श्री विपद बचत तथा ऋण सहकारी संस्थालाई सफलताको शुभकामना दिदै स्थानीय सरकारलाई विकासमा पनि सेवा पुराउदै सहयोग गर्ने आग्रह समेत गर्नुभएको थियो । सहकारीका सदस्यहरुलाई आपनो पैसा सुरक्षित छ कि छैन सचेत रहन पनि सुझाव दिएको थियो। गाउँपालिकाबाट संस्थालाई एक थान कम्पुटर दिने घोषणा समेत गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अथिति समेत रहेको अन्सारीलाई मायाको चिन्ह दिएर सम्मान गरेको थियो। संस्थाका उत्कृष्ट बचत कर्ता शेयर सदस्यलाई सम्मान गरेका थिए ।
हरिनगर गाउँपालिका वडा नम्बर ४ लाई कार्यक्षेत्र बनाई,२०६८ सालमा स्थापना भएको श्री विपद बचत तथा ऋण सहकारी सस्थाको २ सय ३२ जना सदस्य रहेका छन् ।