नसीम अन्सारी
भुटाहा,। सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा रहेको भुटाहा बजारलाई अब सीसी क्यामेरामार्फत निगरानी गरिरहेको छ ।
भुटाहामा हुने विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रण गर्न तथा बजारबासीलाई शान्ति–सुरक्षा प्रदान गर्न सीसी क्यामेरा जडान गरिएको जनाइएको छ । भुटाहा बजारको मुटुमा अवस्थित रहेका शिवमन्दिर समितिको आर्थिक सहयोगमा भुटाहा बजारो शिव मन्दिरमा २ वटा र बजारमा रहेको सुर्य मेडिकलको छतमा अगाडि १वटा सिसि क्यामेरा जडान गरेको र मन्दिरको माथि चारैतिर रातिमा उज्यालोको लागि ठुला भेपर लाइट लगाएको छ।
एक साल अगाडि भुटाहा बजार जस्तो भिडभाड ठाउँमा बिहान ११ बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिको समूहले गोली हानी खुर्सिद आलम अन्सारीको हत्या गरेका थिए। हत्या गरि भुटाहा बजारको दक्षिणी सडक भूटाहादेखि वस्तपुर र घुस्की हुँदै भागेका थिए।
खुर्सिद आलम अन्सारीको हत्या घटना पछि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले गत अर्थिक वर्षको बजेटबाट गाउँपालिकाको भुटाहा , हरिनगरा र घुस्की बजारमा सीसी क्यामेरा जडान गर्ने बताएको थियो । तर घटनाको एक वर्ष बितिसक्दा समेत कुनै ठाउँमा सिसि क्यामेरा जडान गरेको छैन ।
अन्सारीको हत्या गरि भाग्दै गर्दा घुस्की प्रहरी चौकी हवल्दार शिवलाल पौडेलले डियुटीमा हतियार सहित रहेको थियो । पौडेलले घुस्की स्थित हात उठाएर रोक्ने प्रयास गरेका थिए । प्रहरीले रोकन खोजदा अपराधी समुहले प्रहरीमाथि दुई गोलि प्रहार गरेको थियो । गोलि लागेर पौडेल घाइते भएको थियो ।अपराधी भारत प्रवेश गर्ने सफल भएको थिए।
दिनभर मानिसहरुको आवजावत रहने व्यस्त सडकमै टासिंएर रहेको वसन्तपुरमा दंगा अस्थायी प्रहरी पोष्ट रहेको र घुस्की बजारमा नेपाल प्रहरी चौकी रहेको तथा घुस्की बोर्डमा हरेको सशस्त्र प्रहरी बलले समेत अपराधीलाई पक्राउ गर्न सकेनन् ।

बजारमा रहेको शिव मन्दिरले अप्टिकलमार्फत तार लगाएर सिसि क्यामेरा लगाएर मोनिटर शिव मन्दिरमा राखेर भुटाहा बजारको निगरानी गरिरहेको छ । उनले सवारी दुर्घटना तथा अन्य अपराधिक क्रियाकलापको समेत निगरानी गर्न थप सहज हुने बताए । सीसी क्यमेरा मार्फत भुटाहाको विभिन्न नाकाहरुबाट चोरी तस्करी तथा बजारमा रहेका पसलहरु र कार्यालयहरुको समेत प्रत्यक्ष निगरानी गर्नेछ ।