नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा रहेको वालविकास केन्द्रका शिक्षकहरुलाई दुई दिने अभिमुखीकरण तालिम दिएको छ। तिन तहक सरकारले शिक्षामा लगाएका नियम तथा नितिको बारेमा प्रशिक्षण दिएको हो।
तालिम प्राप्त गर्नुका साथै कक्षामा सामाग्री सहित कक्षा सञ्चालन गर्ने प्रशिक्षण दिएको हरिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख अजित कुमार मलिकले जानकारी दिएको हो। प्रशिक्षण हरिनगर कार्यपालिका सदस्य तथा शिक्षा शाखा सदस्य सुसिल कुमार ठाकुर र शिक्षा शाखा प्रमुख अजित कुमार मलिकले दिएको हो।
हरिनगर गाउँपालिकाको गाउँसभाले अघि सारेको एक विद्यालय एक वालविकास केन्द्रको निर्णय गरी गाउँपालिकामा ७६ बटा वालविकास केन्द्र रहेको छ। त्यस मध्ये ८ वटा खालि रहेको उसको लागि गाउँपालिकाले सुचना प्रकाशन गरेको छ। खाली ठाउँमा पदपुर्ति गर्ने निर्णय समेत भएको छ।

बालविकास समयमा ब्यवस्थापन हुन सकेको थिएन । गाउँसभाको निर्णय भएतापनि विद्यालय एक वालविकास केन्द्रको नीति कार्यन्वयनमा ल्याउन नसकेको हरिनगर गाउँपालिकाका स्रोत व्यक्ति थमेन्द्र बास्तोलाले बताए हो।
वालविकास केन्द्रका शिक्षकहरुको नियुक्ति प्रक्रिया १० वर्ष अगाडि सात दलले पार्टीगत भएकारण अधिकानस महिला शिक्षकहरु ८ कक्षा पास रहेको छ। केहीले मात्रै एस.एल.सी पास रहेको छ।औंगला गन्ने दुई चार जना+2 पास रहेको छ।अहिले सरकारले कम्तीमा+2पास गरेकोलाई मात्रै बालविकासमा नियुक्ति गर्ने नियम लगाएको छ। बालविकास तालिम, शैक्षिक सामाग्रीको ब्यवस्थापन नभएका कारण कक्षा सञ्चालनमा ढिलाई भएको वडाध्यक्षहरुले बताएका छन् ।

हरिनगर गाउँपालिकामा जम्मा ७६ बटा वालविकास केन्द्र रहेको छ। जसमध्ये ६८ वटा वालविकास केन्द्रका शिक्षकहरुले तालिम सहभागी भएको थिए। तालिममा आउने सबै शिक्षकहरुलाई गाउँपालिकाको तर्फबाट १ थान हेन्ड ब्याग दिएको र आवतजावत यातायात खर्च बापत दैनिक रु २ सयको दरले दुई दिनको ४ सय दिएको गाउँपालिका शिक्षा शाखा प्रमुख अजित कुमार मलिकले जनकारि दिएको हो।