नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.६ र ७ घुस्कीमा नेपाल कम्युनिष्ट पार्टी।(नेकपा) वडा कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ ।
नेकपाले शनिबार घुस्कीमा एक कार्यक्रम आयोजना गरी हरिनगर गाउँपालिका वडा नं.६ र ७ घुस्कीका दुई वटै वडाका पदाधिकारीहरुलाई संयुक्त सपथग्रहण गराईएको हो ।
वडा नं.६ मा अध्यक्ष बसीर अन्सारी सचिव असलम अन्सारी र २७ जना सदस्यमा चयन भएको हो। वडा नं.७ मा अध्यक्ष जावेद अन्सारी सचिव तफजुल अन्सारी र २७ जना सदस्यमा चयन हुन भएको नेकपा गाउँपालिका समिति सदस्य अताबुल अन्सारीले जनाएको छ ।

सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महफुज आलम अन्सारीले समृद्धि नेपाल सुखी नेपाली बनाउन सरकार लागि परेको बताए । उनले सरकारले गरेको राम्रो कामहरुको गाउँ गाउँमा र टोलमा प्रचार प्रसार गर्न समेत कार्यकर्ताहरुलाई आग्रह गरेको थियो। बर्तमान सरकारको पलामा नेपाल समृद्धि हुने अन्सारीले दाबी गरेको थियो ।
नेकपा हरिनगर गाउँपालिका समिति अध्यक्ष पारस साहको अध्यक्षता तथा केन्द्रीय सदस्य महफुज आलम अन्सारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेश सदस्य पोष्ट नेपाल विशेष अथिति जिल्ला अध्यक्ष पप्पु मण्डल विशेष अथिति रहेको थियो ।
अथितिहरु जिल्ला सदस्य लस्करी अन्सारी , पशुराम यादव , मोहन यादव , दिलमोहमद साह, भगवती महतो, गाउँपालिका सदस्य अताबुल अन्सारी र वडा नं.६ का वडा अध्यक्ष ईस्राइल अन्सारी लगायतको उपस्थिति रहेको अताबुल अन्सारीले जानकारी दिएको हो ।