नसीम अन्सारी
भुटाहा,। सुनसरीको दक्षिणी ग्रामिण क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहामा एक महिने कम्प्यूटर तालिम सोमवार सम्पन्न भएको छ ।
हरिनगर गाउँपालिका २ नम्बर वडा कार्यालय भुटाहाको आर्थिक सहयोग नेपाली मुस्लिम वेलफेयर सोसाईटी संस्थाको आयोजना र वेलकम कम्प्यूटर इन्ष्टिच्यूटद्वारा भुटाहामा सञ्चालित एक महिने आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ ।
तालिममा वडा नम्बर २ भुटाहाका १५ जना युवायुवतीहरु सहभागि रहेका थिए । प्रशिक्षार्थी हसिब अन्सारीले तालिमबाट आफुले कम्प्युटर चलाउन आधारभुत कुरा सिक्ने अवसर पाएको भन्दै खुसी ब्यक्त गरे ।
एक महिने सञ्चालित सो तालिममा सहभागी युवायुवतीहरुलाई कार्यक्रमका प्रमुख अथिति तथा २ नम्बर वडाअध्यक्ष हाजि युनुस अन्सारीले सोमवार प्रमाणपत्र वितरण गरेको हुन ।

रोजगारका लागि कम्प्युटर शिक्षा अति आवश्यक रहेकाले जीवन उपयोगी बनाउन कम्प्यूटरको तालिम योजनामा राखेको बताए । तालिममा लिएका ज्ञान र सीपलाई व्यवहार र रोजगारीमा जोड्न सके मात्र तालिमको महत्व रहने अध्यक्ष अन्सारीले बताए।
वेलकम कम्प्युटर इन्स्टिच्युटले तालिममा सहजिकरण गरेको थियो। तालिम कार्यक्रमको समापन नेपाली मुस्लिम वेलफेयर सोसाईटी संस्थाका अध्यक्ष सेराजुद्दीन अन्सारीको सभापतित्वमा समापन भएको थियो ।