स्मार्ट २४ न्यूज
भुटाहा,। केही समय अगाडि चीनको उहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिले विश्व व्यापीरुपमा फैलिएको छ। कोभिड (१९ संक्रमणबाट जोगिन भारतसँग सिमा जोडिएको गाउँपालिकाहरुमा एलायन्स नेपालले कोरोना भाइरस सम्बन्धि प्रचारप्रसार अभियान सुरुवात गरेको छ।

सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा रहेको कास्मिया मदरसा र भुटाहामा रहेको श्री बाल कृष्ण माध्यमिक विद्यालय गरि दुई स्थानमा एलायन्स नेपालले कोरोना भाईरसबाट बचने सचेतना अभियान कार्यक्रम शुरु गरिएको छ।
शनिबार एलायन्स नेपाल संस्थाले एक कार्यक्रमको आयोजना गरि भारतसँगै सीमा जोडिएको घुस्कीमा रहेको कास्मिया मदरसाको ३ सय भन्दा बढी विद्यार्थीहरु तथा सरोकारवलाहरुको उपस्थितीमा संस्थाका अध्यक्ष नईम अन्सारीले कोरोना भाईरस सम्बन्धि प्रशिक्षण दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

साथै भुटाहामा रहेको श्री बाल कृष्ण माध्यमिक विद्यालयमा विभिन्न विद्यालयबाट गाउँपालिका स्तरीय ५ सय भन्दा वढी परिक्षा दिने विद्यार्थीहरुलाई समेत कोरोना भाईरसबाट बचने प्रचा पम्पलेट दिदै सचेत गराएको थियोे ।

कोरोनावारे सुनसरीको दक्षिणी सिमावर्ती हरिनगर , देवानगंज, भोक्राह नरसिंह गाउँपालिका भरिका सम्पूर्ण विद्यालय, मदरसा लगायत वडा, गाउँ टोलटोलमा पनि सचेतना कार्यक्रम गर्ने उद्देश्य लिएर यसबाट बचने उपाय सबै माझ पुयाउनै संस्थाका अध्यक्ष अन्सारीले बताए ।
यस सचेतना कार्यक्रम उद्घाटन सँगै प्रचारप्रसारको भूमिका निर्वाह गर्न मिडिया पार्टनरको रुपमा रहेका स्मार्ट २४ न्यूजकाअध्यक्ष एवम् प्रबन्ध निर्देशक नसीम अन्सारीका अनुसार यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा,हिड्दा समेत हावाका माध्यमबाट सर्ने भएकोले सतर्कता अपनाउन अन्सारीले सबैमा आग्रह गरे ।

कोरोना भाईरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचैत हुन आ(आफ्नो क्षेत्रबाट बच्ने उपायवारे पर्चा, पम्पलेट वितरणमा सहयोग गर्न र ग्रामिण क्षेत्र भएकोले सरसफाईमा ध्यान दिन समेत आग्रह गरे ।