नसीम अन्सारी
भुटाहा,। सुनसरीको भुटाहामा कालोबजारी शुरु भएको छ। पसल संचालकहरुलाई कारबाही गर्न स्थानीय प्रशासननै मौन देखिएको छ ।
हरिनगर गाउँपालीका १ र २ भुटाहामा कालोबजारी गर्ने पसल संचालकहरुलाई कारबाही गर्नुपर्ने स्थानीयवासीले गुनासो गरिरहेको छन् ।
सरकारले घोषणा गरेको लकडाउनको मोकामा भुटाहाका व्यापारी तथा पसल संचालकहरुले कालोबजारी शुरु गरेको छ।
४० रुपैया केजी पाउने प्याज १ सय २० रुपैया बेचि रहेको छ। ७० रुपैया केजी पाउने चिनी ९० रुपैया बेचिरहेका छन् । साथै अन्य किराना समान समेत मनपरि गरी आफूखुसी बेच्ने गरेको उनीहरूको भनाइ छ ।