नसीम अन्सारी
भुटाहा,। सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि घरबाट बाहिर अनावश्यक रुपमा हिड्न समेेत रोक लगाएपछि र धेरै भिडभाड हुन नदिन प्रहरीले हाट बजार समेत नलाग्न दिदा तरकारी किन ठाउँको अभाव भएको हाे।
हरिनगर गाउँपालिका वडा नम्बर १ भुटाहाका वडाअध्यक्ष अबदुल लतिफ अन्सारीले १ नम्बर वडाका जनताहरुलाई बिहान सितैमा ३ सय केजी तरकारी बाँडेर मानवता देखाएका छन् ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि १८ गते सम्म लकडाउन गर्ने निर्णय गरेसँगै बजार पनि बन्द हुँदा तरकारी अभाव देखिएपछि वडा नम्बर १ का वडाअध्यक्ष अन्सारीले वडावासीहरुलाई निःशुल्क तरकारी वितरण गरेका हुन् ।

विश्वभर कोरोनाको संकटका कारण देश नै लकडाउन भइरहँदा केही व्यापारीहरू कालोबजारी गर्नतिर लागेका छन् । तर यो परिस्थितिमा वडाअध्यक्ष अन्सारीले निस्शुल्क तरकारी वितरण गरेको काम सराहनीय भएको स्थानीयहरु बताउँछन् ।

