नसीम अन्सारी
भुटाहा,। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको कारण दैनिक काम काज थप हुँदा ज्याला मजदुरी गरि खाने व्यक्तिहरुलाई खाने समस्या भएको छ।
सरकारले लकडाउन लम्ब्याए पछि हरिनगर गाउँपालिकाले ४८ लाख राहतको घोषणा गरेको छ। गाउँपालिकाका सम्पुर्ण जनप्रतीनिधीले एक महिनाको सरकारी सुबिधा राहत कोषमा दिने समेत निर्णय गरिएको छ।
जनप्रतिनिधि र राजनीति दलका व्यक्तिहरुले राहत वितरणको लागि संकलन गरेको डाटा नै बढी भएपछि गाउँपालिकाले सर्वदलीय बैठक आयोजना गरि संकलन गरेको लिस्ट सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएको लिस्ट अनुसार ५ हजार ७ सय जनाको नाम लिस्ट रहेको छ। गाउँपालिकामा लिस्ट अनुसारको बजेट नरहेको कुरा बैटकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले बताए ।
दुई दिन भित्र नाम संसोधन गरि तत्कालै राहत वितरण गर्न वडाध्यक्षलाई हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले निर्देशन दिनु भएको छ ।
पहिलो चरणमा हरिनगर गाउँपालिकाका प्रतेक वडामा ३ सय ५० जना व्यक्तिलाई राहत दिने सर्वदलीय बैठकबाट निर्णय भएको छ।
गाउँपालिकाका ७ वटै वडा गरि जम्मा २ दुई हजार ४ सय ५० जना गाउँपालिकावासीलाई राहत दिने बैठकबाट निर्णय भएको छ।
दैनिक ज्याला मजदुरी गरि खाने गरिब विपन्न परिवारलाई राहतमा १५ केजी चामल, १ प्याकेट नुन १ लिटर खाने तेल र १ वटा साबुन दिने हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी बताए ।
गाउँपालिकाले विभिन्न संघ संस्था, बैंकहरु , सहकारी संस्था, निर्माण व्यवासायी, व्यापारी वर्ग, किसान, रेडक्रस , उद्योग वाणिज्य संघ, इक्छुक व्यक्तिहरुलाई हरिनगर गाउँपालिकाको राहत कोषमा रकम जम्मा गर्न गाउँपालिका उपाध्यक्ष रिमझिम भगतले आव्हान समेत गर्नु भयो ।