स्मार्ट २४ न्यूज
सुनसरी,। सुनसरीको देवानगञ्ज गाउँपालिकामा गाउँपालिका अध्यक्ष र ३ नं. वडाअध्यक्ष बिच बिवादका कारण ३ नम्बर वडावासी स्थानीय जनता राहत पाउनबाट बञ्चित भएका छन् ।
राहत वितरणका लागि गाउँपालिकाले निर्धारण गरेको मापदण्डमा अनुसार सबै वडालाई राहत वितरण गर्ने भनेपछि ३ नम्बर वडाअध्यक्षले असन्तुष्टि जनाएपछि सो वडाका जनताले राहत पाउनबाट बञ्चित भएका हुन् ।
कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्लादारी मजदुरी गरि खाने व्यक्तिहरु समस्यामा परेका छन् ।
गरिब विपन्न व्यक्तिहरुका लागि गाउँपालिकाले गरेको निर्णय वडा कार्यालयको असहमति रहेको वडा नं. ३ का अध्यक्ष अनिलकुमार भगतले बताए ।
गाउँपालिकाले पुरानो जनजणनाको हिसाबले वडा कार्यालय क्षेत्रभित्र रहेका घरधुरीको ५० प्रतिशत घरधुरीलाई राहत वितरण गर्ने निर्णय गरेकामा त्यो आफूहरुलाई मान्य नभएको वडा नं. ३ का वडाध्यक्ष भगतले बताए ।
वडा कार्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार आफ्नो वडा कार्यालय क्षेत्रभित्र ७ सय २१ जनाले राहत पाउने योग्य भएकामा अहिले ४ सय २३ जना मात्र राहत पाउने भएकाले आफूले गाउँपालिकाले गरेको निर्णयमा असन्तुष्टि व्यक्त गरेको उनले बताए।
यता गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले राहत दिनका लागि वडा कार्यालयलाई तयार रहेको बताए । गाउँपालिकाले गरेको निर्णयअनुसार अहिले आएर राहत लानका लागि आग्रह गर्दै बाँकी रहेका व्यक्तिलाई पुनःबिचार गरेर राहत दिने उनले बताए ।
लकडाउनका बेला अहिले जनतालाई राहत पुर्याउनुको सट्टा विवाद गर्नु उचित नभएको गाउँपालिकाका अध्यक्ष मेहताले बताए ।