स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको सदरमुकाम इनरुवामा अवस्थित रहेका पपुलर एफ।एम।का कार्यक्रम प्रस्तोता र मैथली गीतकार तथा इस्लामी पब्लिक स्कूलका शिक्षक सरोज मण्डलको शुक्रबार निधन भएको छ ।
मण्डलको ४० वर्षको उमेरमा निधन भएको हो । विगत एक वर्षदेखि मृगौला रोगबाट पीडित मण्डलको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।
सुनसरी हरिनगर गाउपालिका–५ वसन्तपुर घर भएका मण्डलले पपुलर एफ.एममा प्रत्येक शुक्रबार दिउसो १ बजेदेखि २ बजेसम्म मधुर मिथिला नामक मैथली कार्यक्रम सञ्चालन गर्दै आउनुभएको थियो ।
कार्यक्रमबाट मण्डलले लाखौ श्ररोताको मन जित्न सफल हुनुभएको थियो । प्रत्येक शुक्रबार मधुर मिथला कार्यक्रम चलाउदै आउनुभएका सरोजले सबै श्ररोताको मन जित्नका लागि सफल हुनुभएको थियो । उहाँले कार्यक्रमको अलावा विभिन्न विज्ञापनमा समेत स्वर दिनुभएको थियो ।
विभिन्न गीत समेत लेख्नुभएका मण्डलले समाजमा रहेका विकृती, विसंगीत विरुद्ध सधै लडिरहने व्यक्तिको रुपमा समेत पहिचान बनाउन सफल हुनुभएको थियो ।
मण्डलले आफ्नो कार्यक्रम र गीतको मार्फत सबैको मन जित्नका लागि सफल भएको भएपनि रोगलाई उहाँले जित्न सक्नु भएन् ।
इस्लामी पब्लिक स्कूलको होनहार,इमान्दार तथा जिम्मेवार शिक्षकको रुपमा रहेका सरोज मण्डलको निधनको खवरले हामी इस्लामी पब्लिक स्कूल परिवार तथा शिसुवा बासी अत्यन्त मर्माहित भएका छौं शिक्षक नजाम अन्सारीले बताए ।
उहाँको आजै हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।