स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालि वडा नं. ४ स्थित साईकलबाट लडेर एकजनाको मृत्यु भएको छ।
हरिनगर गाउँपालिका वडा नं.६ घुस्की अरनमा निवासी ४० वर्षीय रहमुद्दीन अन्सारीको साइकलबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।
अन्सारीले भुटाहा बजारबाट पसलको लागि किराना सरसमान लिएर घुस्की जाने क्रममा साईकलबाट लडेर मृत्यु भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार भुटाहाबाट घुस्की जादै गरेको अवस्थामा अचानक हरिनगर -४ स्थित अन्सारी शुक्रबार बिहान ११ बजेतिर साईकलबाट लडेपछि घटना स्थलमै मृत्यु भएका हो ।
इलाका प्रहरी कार्यालय हरिनगराबाट प्रहरी घटना स्थलमा पुगदा उहाँको मृत्यु भइसकेको थियो। प्रहरीले जिल्ला प्रहरी कार्यालय इनरुवालाई खबर गरेको थियोे ।
इनरुवाबाट प्रहरी टोलि घटना स्थलमा पुगेर कानुनी प्रक्रिया पुरागरि शवलाई पोष्ट माटमको लागि जिल्ला अस्पताल इनरुवा लगेको थियो ।
जिल्ला अस्पताल इनरुवालमा पोष्टमाटम पछि शव परिवारलाई बुझाएको अस्पतालले जनाएको छ।
मृतकको परिवारले शव बुझेपछि उहाँको आजै मुस्लिम परम्परा अनुसार (कब्रिस्तानमा दफनाएको) अन्त्येष्टि गरिएको पारिवारीक स्रोतले जनाएको छ ।