नसीम अन्सारी
भुटाहा,। विश्वव्यापी रुपमा फैलिईरहेकाे (काेभिड १९ ) लाई राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेको लकडाउनकाे कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्ने उद्देश्यले राहत सामग्री सहयोग गरेको छ।
लुम्बिनी विकास बैंक हरिनगरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बैशाख ३१ गते बुधबार हरिनगर गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले हरिनगर गाउँपालिकालाई ५० हजार बराबरको एक हजार केजी चामल खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका हरिनगरा शाखाप्रमुख अशाेक मेहताले उक्त राहत सामग्री हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेललाई हस्तान्तरण गरेकाे छ ।

अधिकृत ढुङ्गेलले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति हरिनगर गाउँपालिका तथा सम्पूर्ण गाउँवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री गाउँपालिकाको राहत व्ययवस्थापन कोष मार्फत वितरण गरिने बताए ।
देशमा लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुँदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकको छ ।